भ्रष्टाचार विरुद्ध उठ्यो भूपू सैनिक सङ्गठन

इटहरी । नेकपा एकीकृत समाजवादी कोशी प्रदेश कमिटीले थालेको भ्रष्टाचार विरोधी अभियानलाई साथ दिन भूपू सैनिक तथा प्रहरी सङ्गठन पनि तयारी भएको छ।

 जेठ ९ गते बाट आयोजित रिले अनशन कार्यक्रम आज छैटौँ दिन सम्म आइ पुग्दा भूपू सैनिक तथा प्रहरी सङ्गठनका केन्द्रीय उपाध्यक्ष तथा कोसी प्रदेश इन्चार्ज पबित्रराम थापाको नेतृत्वमा बिहान ८ बजे देखि बेलुका ८ बजे सम्म रिले अनसन सुरु गरेका छ्न। अनसनमा सहभागी भूपू सैनिकलाई नेकपा एकीकृत समाजवादीका कोसी प्रदेश अन्तरगत स्कुल विभाग प्रमुख धर्मराज निरौला र केन्द्रीय सदस्य अशेष घिमिरेले शुभारम्भ मन्तव्य दिनुभएको थियो । इटहरी नगरपालिका प्रवेशद्वारमा रहेको  टेन्ट भित्र सांगीतिक वातावरणका साथ गरिइने रिले अनशनमा धेरै तिरबाट सहनु भुती प्राप्त गरि पार्टी प्रशासन हुन थालेको नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरू बताउँछन।

 भ्रष्टाचार गरेर पक्राउ परि सकेका राजनीतिक तथा सरकारी क्षेत्रका अभियुक्त र अरु सन्दिग्ध दोसिलाइ सरकारले कार्बाही गर्ने अभियान थालोस् र सर्वत्र हुने सबै खाले काम काजहरु सदाचारी पुर्बक हुन सकोस भन्ने ध्येय रहेको अभियान आयोजक कमिटी प्रमुख तथा पार्टी मोर्चा सङठन   प्रदेश प्रमुख केशब बिस्टले बताउनु भयो ।

प्रतिक्रिया