मन्त्री लम्साललाई काभ्रेमा स्वागत

काभ्रेपलान्चोक । बागमती प्रदेशका श्रम तथा यातायात मन्त्री लक्ष्मण लम्साललाई काभ्रेमा स्वागत गरिएको छ।  शनिबार काभ्रेको बनेपामा आयोजित एक समारोह बीच मन्त्री लम्साललाई स्वागत गरिएको हो ।

मन्त्री लम्साललाई  नेकपा एकीकृत समाजवादी  काभ्रे  जिल्ला सचिवालय समितिले शुभकामना सहित बधाई दिएको हो । उहाँ गत आइतबार बागमती प्रदेशको श्रम तथ यातायात मन्त्री हुनु भएको थियो ।

जिल्ला पार्टी कार्यालयमा नेकपा एकीकृत समाजवादीका जिल्ला इन्चार्ज टोक बहादुर  वाइवा , जिल्ला अध्यक्ष बसुन्धरा हुमागाईँ , उपाध्यक्ष दीपक कुमार गौतम लगायत पदाधिकारीहरू र पार्टीका अन्य जनवर्गीय सङ्गठनका नेता कार्यकर्ताहरूले खादा, माला  लगाएर स्वागत गर्नु भएको थियो ।

प्रतिक्रिया