भ्रष्टाचारविरूद्ध ‘सडक साँस्कृतिक कार्यक्रम’ 

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) निकट राष्ट्रिय जनसाँस्कृतिक महासंघ, समाजवादीले भ्रष्टाचारविरूद्ध ‘सडक साँस्कृतिक कार्यक्रम’ को आयोजना गर्ने भएको छ। 

आइतबार राजधानीको असनमा आयोजना गर्न लागिएको कार्यक्रममा ख्याति प्राप्त जनकालाकारहरूले खासगरी नक्कली भुटानी शरणार्थी प्रकरण, भ्रष्टचार र देशद्रोहका विरुद्ध गीत प्रस्तुत गर्ने आयोजकले जानकारी दिएको छ। 

आइतबार दिउँसो ३ बजे असनमा सम्पन्न हुने सडक साँस्कृतिक कार्यक्रमलाई पार्टीका उपमहासचिवद्धय जगन्नाथ खतिवडा, डा.विजय पौडेललगायतका नेताहरूले सम्बोधन गर्ने साँस्कृतिक संघका अध्यक्ष कृपाराम धमलाले जानकारी दिनु भएको छ। 

प्रतिक्रिया