अवैध लागूऔषधसहित पक्राउ

चितवन । भरतपुर महानगरपालिका-१६ सूर्योदय टोलबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय ५२ एम्पुल, नुर्फिन १ सय ५२ एम्पुल र फेनारगन १ सय ५१ एम्पुलसहित बारा घर भएका २१ वर्षीय रबिन कुमार यादवलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

भरतपुर महानगरपालिका-१६ सूर्योदय टोल बस्ने २९ वर्षीय रुपेश लामाको घरमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय नारायणगढ र अस्थायी प्रहरी पोष्ट शरणपुरबाट खटिएको प्रहरीले उनको घर तलासी ‍गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी रबिनलाई पक्राउ गरेको हो ।

हाल फरार रुपेश लामाको प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया