एकीकृत समाजवादीद्वारा लेखापरीक्षण प्रतिवेदन सार्वजनिक

काठमाण्डौ  ।   नेकपा एकीकृत समाजवादीले गत आ. व.०७८ / ०७९ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ ।  नेकपा एकीकृत समाजवादीले गठन पछि आव ०७८ / ०७९ को आम्दानी र खर्चको विवरण सार्वजनिक गरेको हो ।

पार्टीले गत असार मसान्त सम्मको आम्दानी र खर्चको विवरण लेखापरीक्षण गरी सार्वजनिकीकरण गरेको हो । उक्त आर्थिक वर्ष ०७८/ ०७९ मा पार्टीको कुल आम्दानी ७ करोड १५ लाख ९० हजार ३ सय ७७  र कुल खर्च ६ करोड ५ लाख २९ हजार ५ सय २९ रहेको  छ । यस्तै  एक करोड १० लाख ६० हजार ८ सय ४८ बचत रहेको पार्टीका पोलिटब्युरो सदस्य तथा आर्थिक विभागका प्रमुख सोमप्रसाद पाण्डेले बताउनु भयो । 

 राजनैतिक दल सम्वन्धि ऐन २०७३ को व्ययवस्था बमोजिम नेकपा एकीकृत समाजवादीले डी.डी. अधिकारी एण्ड एसोसिएट मार्फत लेखापरीक्षण गरी निर्वाचन आयोगमा बुझाएको हिसाबलाई सार्वजनिक गरिएको पार्टीका लेखा प्रमुख खेमराज पौडेलले बताउनु भयो । 

प्रतिक्रिया