एमाले परित्याग गरी कोहलपुरमा सयभन्दा धेरै नेता कार्यकर्ता एकीकृत समाजवादीमा

काठमाडौँ। एमाले लगायतका विभिन्न राजनीतिक दल परित्याग गरेर एक सयभन्दा धेरै नेता कार्यकर्ताहरू एकीकृत समाजवादी पार्टीमा समाहित बन्नु भएको छ। 

नेकपा (एकीकृत समाजवादी) ले यही असोज १४ गते झापाबाट सुरू गरेको समाजवादी जागरण अभियान २०८० को ११औं दिन बाँकेको कोहरपुरस्थित न्युरोडमा आयोजित जनसभामा उक्त संख्यामा नेता कायर्कर्ताहरू पार्टीमा समाहित बन्नु भएको हो।  

नव प्रवेशीहरूलाई पार्टीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायतका नेताहरूले पार्टीमा स्वागत गर्नुभएको छ। 

प्रतिक्रिया