शिक्षाको अन्तिम लक्ष्य ज्ञान मात्र नभएर कर्म पनि हो

यादव गिरी

सरल भाषामा भन्ने हो भने, शिक्षा भनेको ज्ञान र सिप हासिल गर्ने, नैतिकता, मूल्य, मान्यता निर्माण गर्ने र बानी विकास गर्ने प्रक्रिया हो । शिक्षामा यी मात्र समावेश हुँदैनन् । आफूले हासिल गरेको ज्ञानलाई सदुपयोग गर्न सके मात्र शिक्षाको प्रक्रिया पूरा भएको भन्न सकिन्छ । तसर्थ शिक्षा भनेको ज्ञान प्राप्त गर्नु र जानकारी सङ्कलन गर्नु मात्र होइन, आफूले सिकेका कुराहरु दैनिक जीवनका परिदृश्यहरुमा लागु गर्ने क्षमता विकास गर्नु हो । अहिलेका शिक्षालयहरुका लागि अध्ययनरत विद्यार्थीमा आफूले सिकेका कुराहरु दैनिक जीवनका परिदृश्यमा लागु गर्ने क्षमता विकास गर्ने सिप प्रत्यारोपन गर्ने चुनौती थपिएको छ । शिक्षालयको सफलता र असफलता यसैमा निर्भर रहेको हुन्छ ।

प्रायःजसो राम्रो शिक्षा र खराब शिक्षा भन्ने बहस निरन्तर रुपमा चलिरहन्छ । यो बहस वर्षौँदेखि गरिँदै आएको छ । असल शिक्षाले व्यक्तिहरुलाई उत्पादनशील जीवन बिताउन तयार पार्ने र सशक्त बनाउने लक्ष्यतर्फ काम गर्दछ । जसले निश्चित रुपमा समाज र देशको आर्थिक वृद्धिमा प्रभाव पार्छ । राम्रो शिक्षा भनेको व्यक्तिमा तार्किक र आलोचनात्मक सोचलाई उत्प्रेरित गर्नु हो । राम्रो शिक्षाको अर्थ आफ्नो मूल्याङ्कनमा उच्च अङ्क प्राप्त गर्नु मात्र होइन । मानिसहरुले सामान्यतया स्कुलिङ र परीक्षामा राम्रो अङ्क प्राप्त गर्नु गुणस्तरीय शिक्षा हो भन्ने धारणालाई बुझ्दछन् । शिक्षामा यी पाटाहरु सबैभन्दा बाहिर रहेका हुन्छन् । स्कुलेशिक्षाले मात्र सिक्न सकिँदैन ।

राम्रो शिक्षा प्राप्त गर्नु धेरै कारकहरुमा निर्भर गर्दछ, जस्तै वातावरण वा समाज, सामाजिक र आर्थिक पृष्ठभूमि र व्यक्तिको समयको आवश्यकता अनुसार बुझ्न, विश्लेषण गर्न र कार्य गर्ने क्षमता । यो सत्य हो कि गुणस्तरीय शिक्षा र सिप विकास बलियो शिक्षा प्रणालीबाट मात्र सम्भव छ । राम्रो शिक्षा प्राप्त गर्नका लागि प्रशिक्षित र सहानुभूतिपूर्ण शिक्षकहरु हुनु एउटा पूर्वशर्त हो । शिक्षामा विभिन्न संस्कृति, धर्म, समुदाय, आर्थिक र सामाजिक स्तरका बारेमा सिक्नु र सामाजिक रुपमा जिम्मेवार व्यक्ति बन्नका लागि आफूलाई तयार पार्नुलगायतका समावेश छन् ।

प्रविधिको विकाससँगै शिक्षकहरुलाई सामान्य रुपमा लिइएको छ । किनभने आजकल अधिकांश बच्चाहरुमा आफ्नै मोबाइल फोन र इन्टरनेटको पहुँच हुन्छ, जसबाट उनीहरुले कुनै पनि प्रश्नहरुको जवाफ पाउन सक्दछन्, कहिलेकाहीँ उनीहरुका प्रश्नहरु उनीहरुका आमाबाबु, भाइबहिनी वा शिक्षकहरुले व्याख्या गर्न सक्दैनन् । स्वस्थ समाज निर्माणको प्रक्रियामा यो एउटा ठुलो कमजोरी हो ।

शिक्षाले शक्तिशाली महसुस गराउँछ । एकपटक कल्पना गरौँ, तपाईँले मोबाइल फोन, ल्यापटप, म्याच स्टिक वा बल्ब कसरी प्रयोग गर्ने भनेर थाह पाउनुभएन भने तपाईँले प्रयोग गर्न नजान्ने कुनै कुरा आफूसँग राख्नुको अर्थ के हुन्छ ? समयको सुरुमा, दुई चट्टानहरु एकसाथ प्रहार गर्दा आगो सुरु गर्न सक्ने स्पाक्र्स उत्पन्न हुन्छ भन्ने तथ्य पत्ता लाग्यो । हामीले भेटेको हरेक सानो कुराले हामीलाई केही न केही सिकाउन सक्छ । हामीलाई जति धेरै थाहा हुन्छ, त्यति नै हामी शक्तिशाली बन्छौँ ।

जीवनका हरेक पक्षहरुमा शिक्षाको उपस्थितिले ती पक्षहरुलाई सदैव उज्यालो बनाउँछ, सक्षम बनाउँछ, तार्किक बनाउँछ, सिर्जनशील बनाउँछ । अर्थात् जीवनमा सम्पूर्णता थपिदिन्छ । यस अर्थमा मानव जीवनमा शिक्षाको आफ्नै महङ्खव रहेको छ । मानव जीवनमा शिक्षाको धेरै महङ्खव छ । यसैले यो भनिन्छ कि शिक्षा मानवको एक अमूल्य सम्पत्ति हो । भौतिक गुणहरु नष्ट हुन सक्छ तर कोहीद्वारा प्राप्त शिक्षा उनको सम्पूर्ण जीवनको लागि रहन्छ । शिक्षाले नै गर्दा मानिसलाई पृथ्वीमा अन्य जीवित प्राणीहरुबाट अलग बनाउँछ ।

व्यक्तिगत जीवनको महत्वको अलावा, शिक्षा समाजको लागि पनि महङ्खवपूर्ण छ । एक शिक्षित व्यक्ति अनुशासित र सभ्य हुन्छ । उसलाई थाहा छ कि के गलत र के सही छ ? शिक्षित व्यक्ति समाजमा एक राम्रो स्थिति राख्दछ । जसले अन्य व्यक्तिहरुलाई अनुशासन र शिष्टाचार बन्न सिकाउँछ । यसैले ऊ सधैँ अरुद्वारा सम्मानित हुन्छ । अर्कोतर्फ अशिक्षित वा अज्ञानी व्यक्ति सधैँ मूर्ख काम गर्दछ र जीवनमा उचित निर्णय लिन सक्दैन । नभएको मानिस पशुसरह हुन्छ र यसले समाजमा मान पनि पाउँदैन । ऊ प्रायः समाजमा अपमानित हुन्छ । उसमा राम्रो गुण र शिष्टाचारको कमी छ ।

अशिक्षित मानिस भौतिक दृष्टिले जतिसुकै सम्पन्न भए पनि उसले भित्रि मनका सुख प्राप्त गर्न सक्दैन । आजको युगमा अशिक्षित मानिसले केही पनि गर्न सक्दैन अनि अशिक्षित नागरिकबाट कुनै पनि राष्ट्रले उन्नति गर्न सक्दैन । अल्बर्ट आइन्स्टाइनका अनुसार शिक्षा तथ्यको शिक्षा होइन तर दिमागको सोच्ने प्रशिक्षण हो । इन्टरनेट र प्रविधिको वर्तमान युगमा सूचनाको भार सङ्कलन गर्न सहजै सम्भव छ । हरेक प्रश्नको जवाफ दिन सक्षम हुनुले हामीलाई जीवनको लागि ग्यारेन्टी वा तयार गर्दैन, जहाँ अनुभव र ज्ञानको हिसाब गरिन्छ । यस अर्थमा हामीले प्राप्त गर्ने शिक्षा हामीमा मात्र निर्भर रहँदैन । हामी बसेको समाजलाई कता लैजाने भन्ने पनि निर्दिष्ट गर्दछ ।

समाज हरेक राष्ट्रको अभिन्न अङ्ग हो । व्यक्तिहरुको वृद्धि र विकासले उनीहरु एक भाग भएको समाजको सुधारमा मद्दत गर्दछ । जसले समग्र राष्ट्रको सामाजिक र आर्थिक प्रगतिमा मद्दत पु¥याउँछ । शिक्षा प्रणाली पहिलो दिनदेखि नै विकसित हुँदै आएको छ । बदलिँदो समयानुसार शिक्षाका साधन र साध्यहरु बेलाबेलामा सुधार हुँदै आएका छन् । बेन्जामिन फ्रैँकलिनका अनुसार, ‘ज्ञानमा गरिने लगानीले सबैभन्दा राम्रो ब्याज दिन्छ । आफूलाई शिक्षित बनाउन खर्च गरिने कुनै पनि पैसा वा समय कहिल्यै खेर जाँदैन ।

हामी जति धेरै सिक्छौँ, त्यति नै यसबाट लाभान्वित हुन्छौँ । हामीले सिक्दै गरेको कुनै कुरा हाम्रोे रुचि वा आफूलाई चाहिएको कुरा होइन जस्तो लाग्छ भने पनि चिन्ता नलिँदा वेस हुन्छ । किनभने हामीले भेटाएका सबै कुराले हामीलाई जीवनको कुनै न कुनै चरणमा मदत गर्नेछ । शिक्षित व्यक्तिसँग धनी व्यक्तिभन्दा समाज र राष्ट्रलाई धेरै कुरा दिन सकिन्छ । शिक्षित हुनुले व्यक्तिको चरित्र र सामाजिक व्यवहारलाई आकार दिन्छ । यसले मानिसहरुको सोच्ने र काम गर्ने तरिकामा परिवर्तन ल्याउँछ । हामीले आफ्ना साथीरुलाई हेर्ने र उनीहरुसित व्यवहार गर्ने तरिका सिक्ने प्रक्रियामा समेत हरेक दिन फरक हुन्छ ।

शिक्षाको अन्तिम लक्ष्य ज्ञान मात्र नभएर कर्म हो । यस लक्ष्यलाई प्राप्त गर्न, सबै प्रकारका मानिसहरुलाई शिक्षाको महङ्खव र यस निरन्तर परिवर्तनशील संसारमा शिक्षित हुनुका फाइदाहरु बुझ्न दिनु महत्वपूर्ण छ । शिक्षाले हामी राम्रो व्यक्ति बनाउँछ नै र जीवनमा स्थिरता दिन्छ पनि । शिक्षाले हामिलाई भरोसा गर्ने बनाउने हो । शिक्षाले दरिद्रहरुलाई माथि उठाउने उर्जा प्रदान गर्ने हो ।

 साथै उनीहरुले सामना गर्ने सबै समस्याहरुको समाधान प्रदान गर्ने साध्य र साधन मात्र होइन, यो त आत्मविश्वास र विश्वसनियता बढाउने कडी हो । शिक्षाले व्यक्तिको बौद्धिक विकासलाई सहयोग गर्नुका साथै र भावनात्मक आत्मशिक्षाले व्यक्तिको जीवनप्रतिको चरित्र र मनोवृत्तिलाई आकार दिने गरी हाम्रो मुलुकमा शिक्षा नीति तर्जुमा गर्न आवश्यक छ । अर्थात् व्यक्तिको व्यक्तित्वको समग्र विकासलाई बढावा दिने शिक्षा अब हरेका शिक्षालयले व्यवस्थापन गर्न आवश्यक छ ।

प्रतिक्रिया