२२ फागुन २०८१, बिहिवार

रुद्रसेन विश्वकर्माको नयाँ प्रस्तुति ‘होली सररर’ सार्वजनिक,

बर्दिवास । होली पर्वलाई लक्षित गर्दै गायक रुद्रसेन विश्वकर्माले ‘होली सररर’ गीत सार्वजनिक गरेका छन् । गायिका समीक्षा अधिकारीसँग मिलेर गाएको यस गीतमा रुद्रसेनकै शब्द, संगीत समावेश छ ।

गीतलाई योगेश काजीले एरेञ्ज गरेका छन् भने मिक्सिङ मनोज परियारले गरेका छन् । म्युजिक भिडियोमा अभिनेता आर्यन सिग्देल, बिना राउत र गायक स्वयंको दमदार अभिनय रहेको छ । भिडियोको निर्देशन प्रदीप कुमार रसाइलीले गरेका हुन् ।

गायकले भने, "यो गीतले होलीको उमङ्ग बढाउनेछ, सबैले होलीमा नाच्दै रमाउने आशा राखेको छु ।"

उक्त गीतलाई हेर्नको लागि तलको लिङ्कमा क्लिक गर्नुहोला । 

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

कलम मिडिया एण्ड मार्केटिङ म्यानेजमेन्ट प्रा.ली

मध्यपुर थिमी- गठ्ठाघर, भक्तपुर

९८५१००३१६०

kalampatra@gmail.com

© Kalam Patra All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.