९ चैत २०८१, शनिवार

जुरिच किन्डरगार्डेनमा निःशुल्क दन्त शिविर सम्पन्न

भक्तपुर । सूर्यविनायक नगरपालिका–३ नयाँ बस्ती बालकाेटमा रहेको जुरिच किन्डरगार्डेन विद्यालयमा शुक्रबार एक दिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ ।

समाज डेण्टल हस्पिटल कौशलटारको सहकार्यमा सञ्चालित शिविरमा विद्यार्थी, अविभावक र स्थानीयबासी गरी करिब ३ सय जनाको दन्त परीक्षण गरिएको विद्यालयले जनाएको छ ।

शिविरमा दन्त परीक्षण गराएका बिरामीहरुलाई हस्पिटलले दाँतको सुरक्षामा आवश्यक पर्ने मञ्जन, ब्रस लगायतका सामाग्री वितरण गरिनुको साथै ६ महिनासम्म दन्त सेवामा लाग्ने शुल्कमा २० प्रतिशत छुट दिने भएको छ ।

यस विद्यालयले समय समयमा नाक, कान, घाँटी, दाँत सम्बन्धि शिविर तथा गुणस्तरीय र पोषणयुक्त खानेकुरा सम्बन्धि शिविर सञ्चालन गर्दै आएको छ ।


हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

कलम मिडिया एण्ड मार्केटिङ म्यानेजमेन्ट प्रा.ली

मध्यपुर थिमी- गठ्ठाघर, भक्तपुर

९८५१००३१६०

kalampatra@gmail.com

© Kalam Patra All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.