२३ माघ २०८१, बुधवार

राष्ट्रिय किताबखानामा शिक्षामन्त्रीको छड्के, फाइल अड्काएर नराख्न निर्देशन

२३ माघ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रिय किताबखानाको छड्के अनुगमन गरेकी छिन् । ताहाचलस्थित किताबखानाको कार्यालयमा बुधबार दिउँसो शिक्षामन्त्री भट्टराई छड्के अनुगमनमा पुगेकी हुन् ।

शिक्षकहरूले पेन्सनपट्टा बनाउनका लागि दुःख पाएको गुनासो बढेपछि शिक्षामन्त्री भट्टराई बुधबार आफैं किताबखाना पुगेकी हुन् ।

पेन्सनपट्टाका लागि अर्थ मन्त्रालयबाट आएको अध्यादेशमा नयाँ व्यवस्था भएकाले सोही अनुसार कार्य अघि बढाउन शिक्षामन्त्री भट्टराईले कर्मचारीहरूलाई आग्रह गरेकी छिन् ।

किताबखानामा आएका समस्याहरू अड्काउने काम भएको भन्दै शिक्षामन्त्री भट्टराईले त्यस्तो नगर्न आग्रह गरिन् ।

मन्त्रीहरूकै कारणले केही कुरामा आफूहरू समस्यामा पर्ने गरेको कर्मचारीहरूको गुनासो थियो ।

‘मन्त्रीकै आदेशबाट विद्यालयमा हाजिर गराउनु भनेर भनेको बेलामा हामीले कति समस्या हुन्छ होला ?,’ अनुगमनमा पुगेकी शिक्षामन्त्री भट्टराईलाई एक कर्मचारीले प्रश्न गरे ।

राष्ट्रिय किताबखाना (शिक्षक) मा पेन्सनपट्टाका लागि कहिले ५० बढी फाइल हुन्छन् त कहिले ५–७ वटा । पेन्सनपट्टा बनाउन सातै प्रदेशबाट शिक्षक काठमाडौं नै आइपुग्नुपर्ने बाध्यता छ ।

सम्बन्धित समाचारहरु

Advertisement

Trending News

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

कलम मिडिया एण्ड मार्केटिङ म्यानेजमेन्ट प्रा.ली

मध्यपुर थिमी- गठ्ठाघर, भक्तपुर

015900477, 9851003160

kalampatra@gmail.com

© Kalam Patra All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.