६ फागुन २०८१, मङ्गलवार

देशको समृद्धि र उन्नतिका निमित्त साथ दिन पूर्वराजा शाहको आह्वान

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा एक भिडिओ सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र जोगाउन, राष्ट्रिय एकता कायम राख्न, देशको समृद्धि र उन्नतिका निमित्त साथ दिन सबै देशवासीहरुलाई आह्वान गरेका छन् ।

पूर्वराजा शाहले भनेका छन्, ‘राष्ट्र रक्षाको निम्ति सबैको अनुशासन र इमान्दार प्रयत्न हुनु पर्दछ । हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस भनेर त्याग गरेका हौं । अब नेपालको उन्नतिकोे लागि हामीबाट अरु के के त्याग गर्नु पर्ने हो, हामी तयार छौं । अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरुलाई आह्वान गर्दछौं ।’

साथै उनले देशको वर्तमान सबै समस्याको जड अहिलेको राजनीतिक नेतृत्वका कारण भएको आरोप लगाएका छन् ।

सम्बन्धित समाचारहरु

Advertisement

Trending News

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

कलम मिडिया एण्ड मार्केटिङ म्यानेजमेन्ट प्रा.ली

मध्यपुर थिमी- गठ्ठाघर, भक्तपुर

015900477, 9851003160

kalampatra@gmail.com

© Kalam Patra All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.