७ फागुन २०८१, बुधवार

फाल्गुनन्द-३ का वडाध्यक्ष नेम्बाङको निधन

पाँचथरको फाल्गुनन्द गाँउपालिका वडा नम्बर ३ का अध्यक्ष सुखविर नेम्बाङको निधन भएको छ। ४७ वर्षको उमेरमा आफ्नै निवासमा उनको निधन भएको हो।

क्यान्सरपीडित नेम्बाङ दुई वर्षदेखि उपचाररत थिए। विभिन्न अस्पतालमा उनको उपचार भइरहेको थियो। पछिल्लो महिनादेखि भने उनी घरमै थिए।

२०७४ र २०७९ को स्थानीय तह चुनावमा उनी वडाध्यक्षमा निर्वाचित भएका थिए।

उनी नेपाली कांग्रेस फाल्गुनन्द गाउँ कार्यसमितिका सभापति पनि हुन्।

स्व‍. नेम्बाङका श्रीमती र दुई छोरी रहेका छन्।

सम्बन्धित समाचारहरु

Advertisement

Trending News

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

कलम मिडिया एण्ड मार्केटिङ म्यानेजमेन्ट प्रा.ली

मध्यपुर थिमी- गठ्ठाघर, भक्तपुर

015900477, 9851003160

kalampatra@gmail.com

© Kalam Patra All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.