१२ फागुन २०८१, सोमवार

अनेरास्ववियूमा समानान्तर गतिविधि

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूमा समानान्तर गतिविधि चल्न थालेका छन् । 

दुई सोमबार संस्थापन पक्षले आरआर क्याम्पसमा तथा अर्को पक्षले क्याथफोर्ड कलेजमा भेला आयोजना गर्‍यो। संस्थापन पक्षले आरआर क्याम्पसमा उपत्यका स्तरीय अगुवा कार्यकर्ता भेला गर्‍यो । विद्यार्थी इन्चार्ज रामकुमारी झाँक्री र सहइन्चार्ज भीम राईकै उपस्थितिमा भेला गरिएको थियो ।

झाँक्री इन्चार्ज भएर आएपछि यो समूहले तत्कालीन महासचिव महेश श्रेष्ठको अध्यक्षतामा नेतृत्व घोषणा गरेको छ ।

तर, अर्काे पक्षले क्याथफोर्ड कलेजमा भेला गरेको छ । यो पक्षले आरती लामालाई साथ दिंदै आएको छ । अपानिबाट लामालाई अनेरास्ववियूको अध्यक्ष हटाइएको भन्दै यो समूहले लगातार समानान्तर गतिविधि गर्दै आएको छ ।

यो पक्षले गत ५ फागुनमै समानान्तर नेतृत्व घोषणा गर्ने तयारी गरेको थियो । तर, पूर्वप्रधानमन्त्री एवं पार्टीका सम्मानित नेता झलनाथ खनालले पार्टीको केन्द्रीय कमिटी बैठकसम्म कुर्न आग्रह गरेपछि यो समूहले समानान्तर गतिविधि मात्र गर्दै आएको छ ।

सम्बन्धित समाचारहरु

Advertisement

Trending News

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

कलम मिडिया एण्ड मार्केटिङ म्यानेजमेन्ट प्रा.ली

मध्यपुर थिमी- गठ्ठाघर, भक्तपुर

015900477, 9851003160

kalampatra@gmail.com

© Kalam Patra All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.