कालिकोट । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले कुनैपनि क्रान्ति आफ्नै उत्पादन विना सफल नहुने बताएका छन । नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय समितिको आयोजनामा कालिकोटको फाेईमा साेमबार स्याउ रोपन कार्यक्रमको उद्घाटन गर्दै महासचिव विप्लव सीले कुनैपनि क्रान्ति आफ्नै उत्पादनविना क्रान्ति सफल नहुने बताएका हुन ।
उनले कुनै पार्टी र नेताले उत्पादन विनाको क्रान्तिको कुरा गर्छ भने त्यो सफल नहुने र सकिने निश्चित भएको भन्दै नेपालमा समाजवाद ल्याउन उत्पादन क्रान्तिलाई जोड्नै पर्ने बताए ।
‘३ बर्षमा पार्टीलाई आत्मनिर्भर बनाउने लक्ष्य लिएका थियौ तर डेढ बर्षमै पार्टीलाई आत्मनिभर बनाउने तिर पुगेका छौ, महासचिव विप्लवले भने- “त्यसैको निरन्तरतामा जुम्ला र कालिकोटमा स्याउ राेप्दैछाैं ।”,
महासचिव विप्लवले सहभागी सबैको हात हातमा स्याउका विरुवा समात्न लगाएर “स्याउ राेपौ देश बनाउ” भन्ने नारा दिएर स्याउको विरुवा खनेको खाल्डोमा हालेर आफै रोप्न सुरू गरेको नेकपाका कालिकोट सेक्रेटरी बलावान सीले जानकारी दिए ।
स्याउ राेप्न कार्यक्रममा नेकपा माओवादी केद्रका नेता गणेश शाहीले नेकपाले सुरु गरेको कृषि क्रान्ति स्वागतयोग्य भएको भन्दै धन्यवाद दिएका थिए । उनले रूपान्तरण सहितको माओवादी एकता र विप्लवले माओवादीको धारहरुको नेतृत्व गर्न पनि आग्रह गरे ।
बिरुवा रोपन कार्यक्रममा नेकपाका महासचिव विप्लव सी, स्थायी कमिटी सदस्य विषम सी, नेताकार्यकर्ता र स्थानीयहरुको सहभागिता रहेको नेकपाले जनाएको छ ।
कलम मिडिया एण्ड मार्केटिङ म्यानेजमेन्ट प्रा.ली
मध्यपुर थिमी- गठ्ठाघर, भक्तपुर
015900477, 9851003160
kalampatra@gmail.com
© Kalam Patra All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.