२६ फागुन २०८१, सोमवार

यूनिटीमा अभिभावक अभिमुखीकरण सम्पन्न

भक्तपुर  । सुर्यविनायक नगरपालिका वडा ५ कटुन्जेमा रहेको यूनिटी सेकेण्डरी स्कुलले २३ औँ स्थापना दिवसको अवसरमा एक दिने अभिमुखीकरण कार्यक्रम-२०८१ सम्पन्न गरेको छ ।

शिक्षाकर्मी संजय खड्काको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अभिभावक अभिमुखीकरण कार्यक्रममा प्रमुख अतिथि खड्काले विद्यालयले २३ औं बर्ष टेकिरहँदा शैक्षिक गुणस्तर र भौतिक संरचना लगायतमा निकै उपलब्धि प्राप्त गर्न सफल भएको बताउनु भयो । उहाँले यूनिटी स्कुलको उत्कृष्ट व्यवस्थापन र नेतृत्वको पहलमा अभिभावकको साथले विद्यार्थीले २०८० को एसईई मा ४ जिपिए ल्याउन सफल भएको उल्लेख गर्दै यूनिटी स्कुल नै बालबालिकाको उज्ज्वल भविष्यको थलो भएकाले अभिभावकहरु अन्यन्त्र टाढा जानु नपर्ने बताउनु भयो ।