१ चैत २०८१, शुक्रवार

ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सिजन -१ भव्य रुपमा सम्पन्न

काठमाडौं ।  ग़्रेस इभेन्टद्वारा आयोजित प्रतिष्ठित अष्ट सम्मान २०८१ कार्यक्रम तथा मिस ग्रेस एयर होस्टेस सिजन १ – २०२५ सफलतापूर्वक सम्पन्न भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रमको अध्यक्षता ग्रेस इभेन्ट्सका प्रमुख कार्यकारी अधिकृत एवम् संस्थापक सुरज थापाले गरेका थिए । नेपालका लोकप्रिय कलाकारहरुको प्रस्तुती समेत रहेको कार्यक्रम चावहिल स्थित नवदुर्गा पार्टी प्यालेसमा सम्पन्न भएको थियो ।