२९ वैशाख २०८२, सोमवार

डेडीथुम्का माविका पूर्वविद्यार्थी सम्मलित डेडीथुम्का फाउण्डेसनले शिक्षा सम्मेलन गर्ने

काभ्रे । काभ्रेकाे मण्डनदेउपुर नगरपालिका-९ स्थित डेडीथुम्का माविका पूर्वविद्यार्थीहरुकाे स‌स्था डेडीथुम्का फाउण्डेसनले आगामी जेठ १५ गते शिक्षा सम्मेलन गर्ने भएकाे छ।

शनिबार बसेकाे सम्मेलन मूल आयोजक समितिको सचिवालय बैठकले सम्मेलनका लागि "गुणस्तरयुक्त शैक्षिक पूर्वाधार, समृद्ध  मण्डनदेउपुरको आधार" 'डेडीथुम्का पूर्वविद्यार्थी' भन्ने नारा तय गरेकाे छ ।

सम्मेलनमा सहभागी हुन अनलाइन प्रि-रजिष्ट्रेसन गर्नुपर्ने र प्रवेश शुल्क रु ५०० ताेकिएकाे छ । रजिष्ट्रेसन बैशाख २८ गतेदेखि शुरु हुनेछ ।

सम्मेलन प्राविधिक र साधारण गरी २ वटा सत्रमा सञ्चालन हुनेछ । प्राविधिक सत्रमा शिक्षासम्बधी कार्यपत्र प्रस्तुत हुनेछ। साे कार्यपत्रले बालविकास, विद्यालय शिक्षा, प्राविधिक शिक्षा,  उच्च शिक्षा र जीवन पर्यन्त सिकाइका विषय समेट्नेछ ।यस्तै नीति र नेतृत्व: शिक्षा सुधारको अवसर र चुनौती विषयक अर्को साधारण सत्र रहनेछ । यसमा सहभागीलाई समेत प्रश्न गर्ने मौका दिइनेछ। 

सम्मेलनमा सहभागी हुन २०३८ सालदेखि २०८१ सम्मका पूर्व विद्यार्थीहरुमा सार्वजनिक आह्वान गरिएकाे छ।

सम्बन्धित समाचारहरु

Advertisement

Trending News

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

कलम मिडिया एण्ड मार्केटिङ म्यानेजमेन्ट प्रा.ली

मध्यपुर थिमी- गठ्ठाघर, भक्तपुर

015900477, 9851003160

kalampatra@gmail.com

© Kalam Patra All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.