१० असार २०८२, मङ्गलवार

नेसनल प्याव्सनको चित्रकला प्रतियोगिता प्रसादी पाठशालाको आयोजनामा सम्पन्न

असार १०, भक्तपुर — नेसनल प्याव्सन भक्तपुर अन्तर्गतको “अन्तर विद्यालय चित्रकला प्रतियोगिता–२०८२” सूर्यविनायक नगरपालिका–८, सिपाडोलस्थित प्रसादी पाठशाला स्कुलको आयोजनामा सफलता पूर्वक सम्पन्न भएको छ।

प्रतियोगितामा सिनियर ग्रुप (कक्षा ५–७) अन्तर्गत मदरल्याण्ड स्कुलकी रीया लामिछाने प्रथम स्थान हासिल गर्न सफल भइन् भने जुनियर ग्रुप (कक्षा १–४) तर्फ आरक्षण स्कुलकी रजनी साखकर्मी प्रथम स्थान प्राप्त गर्न सफल भइन्।