१४ असार २०८२, शनिवार

प्रधानमन्त्री ओली स्पेन जाँदै

काठमाडौँ, असार १४ ।  प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ ६ बजे कतारको दोहा हुँदै स्पेन प्रस्थान गर्दै छन्।उनी स्पेनको सेभिल्लामा यही असार १६ देखि १९ गतेसम्म हुने संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन (FfD-4)’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी हुँदै छन्।

यो भ्रमण राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा भएको हो।

सम्मेलनमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुका साथै स्पेनका राजा फिलिप द्वितीय, समकक्षी सान्चेज र अन्य नेतासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

नेपालले सम्मेलनमा अल्पविकसित, साना तथा टापु राष्ट्रहरूको पक्षमा वकालत गर्नेछ।

प्रधानमन्त्री ओली यही असार २० गते साँझ ४:४५ बजे स्वदेश फर्कने कार्यक्रम छ।

२१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलमा उच्च अधिकारी, प्रधानमन्त्रीका सल्लाहकार, सचिव, चिकित्सक तथा कूटनीतिक प्रतिनिधिहरू सहभागी छन्।

सम्बन्धित समाचारहरु

Advertisement

Trending News

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

कलम मिडिया एण्ड मार्केटिङ म्यानेजमेन्ट प्रा.ली

मध्यपुर थिमी- गठ्ठाघर, भक्तपुर

015900477, 9851003160

kalampatra@gmail.com

© Kalam Patra All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.