भक्तपुर । मध्यपुर थिमि ४ मा गत २०६४ सालदेखि संचालनमा आएको शंखधर बचत तथा ऋण सहकारी संस्था लि.सामाजिक उप–समितिको आयोजनामा शनिबार एक बृहत आँखा शिविर सम्पन्न भयो ।
शिविर सिटी आई केयर सेन्टरको प्राविधिक सहयोगमा भएको हो। कार्यक्रममा परीक्षण गर्न आउने आँखा रोगीहरुलाई निःशुल्क चस्मा तथा ओैषधि वितरण गरिएको थियो। आँखा जाँचमा आएका आफ्ना सदस्य तथा अन्य गरी ३५५ जना थिए।
आदर्श मा.वि.लायकुमा संचालित उक्त शिविरमा २० जना मोतिविन्दुका रोगीहरु रहेको डाक्टरहरुले स्टार एक्स्प्रेस साप्ताहिकलाई जानकारी दिए । स्मरणीय छ शंखधर सहकारीको गत वर्षको आँखा शिविरमा ३६४ जना लाभान्वित भएका थिए।
यसैगरी चाडपर्वमा निःशुल्क खानेपानी वितरण ,खुल्ला रक्तदान,तालिम, सार्वजनिक चोकमा सरसफाइ र मन्दिरहरुमा दीप प्रज्वलन गर्दै सामाजिक उत्तरदायित्वको सेवा गर्दै अब्बल पहिचान दिन सफल शंखधर साकोसमा ३हजारभन्दा बढी शेयर सदस्य आबध्द छन् ।
संस्थाले यो वर्ष ६२ करोड कारोबार गरेको र ३७ करोड ऋण लगानी भएको उक्त अवसरमा अध्यक्ष श्यामकृष्ण श्रेष्ठले जानकारी दिए ।
संस्थाका प्रबन्धक राजेन्द्र कुमार कायष्ठले स्टार एक्स्प्रेसलाई बताए अनुसार शंखधरले महिला उपसमितिको आयोजनामा आगामी शनिबार २१ गते हर्बल साबुन बनाउने तालिम कार्यक्रम रहेको छ ।
कलम मिडिया एण्ड मार्केटिङ म्यानेजमेन्ट प्रा.ली
मध्यपुर थिमी- गठ्ठाघर, भक्तपुर
015900477, 9851003160
kalampatra@gmail.com
© Kalam Patra All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.