जातीय विभेद अन्त्य र सामाजिक समावेशिता प्रवर्द्धनका लागि भरतपुर महानगरपालिकाले १५ अन्तरजातीय जोडीलाई एक/एक लाख रुपैयाँ नगदसहित सम्मान गरेको छ। यो कार्यक्रम महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ देखि संचालन गर्दै आएको हो।
यस पटक सम्मानित हुने जोडीहरू निम्नानुसार छन्:
करण योगी र दिया रामदाम (भरतपुर–१६)
अनुप सुनार र सुस्मिता श्रीस (भरतपुर–२०)
अनिल हरिजन र लक्ष्मी लामिछाने
मनोज विश्वकर्मा र जसिका श्रेष्ठ (भरतपुर–११)
अशोक परियार र सुमिता रानामगर
सुमन परियार र सीमा लामा (भरतपुर–६)
रूपेश भुजेल र अस्मिता विक
अशोक परियार र आरती महतो (भरतपुर–२७)
किसान परियार र इन्दिरा तामाङ (भरतपुर–२४)
सरोज सुनार र सोममाया घले (भरतपुर–१६)
विष्णु पौडेल र रोशनी परियार (भरतपुर–१०)
दिपेश सदाशङ्कर र अंशु श्रेष्ठ (भरतपुर–२३)
किरण विक र सुनन्दा श्रेष्ठ (भरतपुर–१९)
अभिषेक दर्जी र राधा शर्मा (भरतपुर–२८)
मनिष थापा र कुसुम विश्वकर्मा (भरतपुर–१२)
महानगर प्रमुख रेनु दाहालले पहिलो वर्षमा केवल तीन जोडी मात्र सम्मानित भएको भए पनि अब संख्या १५ जोडी पुगेकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले समाजमा अझै पनि अन्तरजातीय विवाहप्रति रहेको सङ्कोच र भेदभावको दृष्टिकोण हट्दै गएको उल्लेख गर्नुभयो।
उपप्रमुख चित्रसेन अधिकारीले सामाजिक रूपान्तरणका लागि अन्तरजातीय विवाह महत्त्वपूर्ण भएको बताउनुभयो भने प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले २०२१ सालमा लागू भएको भेदभावविरुद्धको कानुन अझै पूर्ण रूपमा कार्यान्वयनमा आउन नसकेको उल्लेख गर्दै अन्तरजातीय विवाहलाई ‘सामाजिक क्रान्ति’को संज्ञा दिनुभयो।
कलम मिडिया एण्ड मार्केटिङ म्यानेजमेन्ट प्रा.ली
मध्यपुर थिमी- गठ्ठाघर, भक्तपुर
015900477, 9851003160
kalampatra@gmail.com
© Kalam Patra All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.