२९ असार २०८२, आइतवार

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

सूर्यविनायक, भक्तपुर – असार २९ । भक्तपुर जिल्ला अब पूर्ण खोप सुनिश्चित जिल्ला घोषित भएको छ। शनिबार सूर्यविनायकमा आयोजित एक विशेष कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले उक्त घोषणा गरेका हुन्। कार्यक्रम खोप जिल्ला समन्वय समितिको आयोजनामा सम्पन्न भयो। मन्त्री थापाले पूर्ण खोप सूनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र हस्तान्तरण गर्दै जिल्लाको चारै स्थानीय तहले यसअघि नै पूर्ण खोप सुनिश्चित घोषणा गरिसकेको स्मरण गराए।