१४ साउन २०८२, मङ्गलवार

ललितपुरमा तीन दिने महिला क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम सम्पन्न

ललितपुर । राष्ट्र निर्माणका लागि महिलाको सशक्तिकरणलाई मुख्य उद्देश्य राखी ललितपुरमा तीन दिने महिला क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ। महिलाको सशक्तिकरण केन्द्रको आयोजनामा र टेवा संस्थाको आर्थिक सहयोगमा साउन ८ गतेदेखि १० गतेसम्म सञ्चालन गरिएको तालिम ललितपुर महानगरपालिका–११ स्थित चण्डी आदर्शसरल माध्यमिक विद्यालय, चाकुपाटमा सम्पन्न भएको हो।

‘महिला शक्ति, राष्ट्रको प्रगति’ भन्ने नाराका साथ आयोजना गरिएको उक्त तालिमले महिलाहरूलाई सामाजिक तथा आर्थिक रूपले सबल बनाउन आवश्यक सीप तथा ज्ञान प्रदान गर्ने उद्देश्य राखिएको थियो।

तालिमको उद्घाटन समारोहमा ललितपुर–११ का वडाध्यक्ष अरोजकुमार खड्की, वडा सदस्यहरू आफुलु शाक्य, सचिन परियार, कृष्ण महर्जन र जुवन तण्डुकार, विद्यालयका प्रधानाध्यापक कुलबहादुर नेपाली, तालिमका प्रशिक्षक गणेशबहादुर रावत तथा सह–प्रशिक्षक योगेश शर्माको उपस्थिति रहेको थियो। कार्यक्रमको सभापतित्व आयोजक संस्थाकी गंगा मगरातीले गरेकी थिइन्।