भक्तपुर/साउन २२; एडिफाई प्राईभेट स्कुल्स अर्गनाईजेशन नेपाल(ईप्सन भक्तपुर) को कार्यक्रम वादविवाद प्रतियोगिता सुर्यविनायक वडा ३ बालकोट भक्तपुरमा रहेको ईडेन गार्डेन ईङ्ग्लिस स्कुलको आयोजनामा सम्पन्न भको छ।
छात्रहरुका लागि ‘शिक्षाको उदेश्य प्राप्ताकं होइन, व्यवहारिक ज्ञान हुनुपर्दछ’ तथा छात्राहरुका लागि ‘विद्यार्थीलाई संजाय होइन, प्रोत्साहन आवश्यक छ’ भन्ने बिषयमा सदस्य विद्यालयका कक्षा ६ देखि ८ सम्म अध्ययनरत विद्यार्थीहरुलाई सहभागी गराइएको वादविवाद प्रतियोगितामा
छात्रातर्फ यूनिटी स्कुलकी दीपशिखा भट्ट र छात्रतर्फ क्वालिटी स्कुलको अभिषेक दुलाल क्रमश विजेता भएका थिए ।