काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश सह-इन्चार्ज विदुर सापकोटाको निधन भएको छ ।
अचानक स्वास्थ्यमा समस्या आएपछि सापकोटालाई यही फागुन ४ गते हेल्पिङ हायन्डस् अस्पतालमा भर्ना भएका सापकोटालाई बिहीबार बिहान ३ : ५० बजे चिकित्सकले मृत्य घोषणा गरेका थिए ।
तत्कालीन पञ्चायतविरुद्धको संघर्ष, मालेकालमा भूमिगत, विद्यार्थी राजनीतिमार्फत २०४६ सालको प्रथम जनआन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका सापकोटा लामो समय एमाले काभ्रेपलाञ्चोकको सचिवको जिम्मेवारीमा थिए । माधवकुमार नेपालको नेतृत्वमा एमाले फुटेपछि नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य तथा बागमती प्रदेश सह-इन्चार्जको भूमिकामा थिए ।
सापकोटाको शवलाई श्रदाञ्जलीका लागि बिहान १०:०० बजेसम्म पार्टी केन्द्रीय कार्यालय आलोकनगर तिनकुनेमा राखिने र त्यसपश्चात् पशुपति आर्यघाटमा दाहासंस्कार गरिने नेकपा (एकीकृत समाजवादी)ले जनाएको छ ।
सापकोटा २०७० को संविधानसभा निर्वाचनमा तत्कालीन क्षेत्रनम्बर ४ बाट विजयी भएका थिए ।
कलम मिडिया एण्ड मार्केटिङ म्यानेजमेन्ट प्रा.ली
मध्यपुर थिमी- गठ्ठाघर, भक्तपुर
015900477, 9851003160
kalampatra@gmail.com
© Kalam Patra All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.