२८ असार २०८२, शनिवार

विद्या भण्डारी राजनीतिमा आउनु सकारात्मक : झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिमा प्रवेशलाई सकारात्मक संकेतको रूपमा व्याख्या गरेका छन्। शनिबार चीन भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै खनालले वामपन्थी एकताको आवश्यकतालाई भण्डारीले महसुस गरेको र त्यसमा पहल लिने मनसाय देखिएको खण्डमा त्यसलाई स्वागतयोग्य कदम मानिने बताएका हुन्।

उनले भने, यदि भण्डारीले एमालेमा प्रवेश गर्ने, नेतृत्व सम्हाल्ने र वामपन्थी शक्तिहरूलाई एकताबद्ध गर्ने उद्देश्यसहित सक्रिय राजनीति रोज्ने हो भने त्यो कदम अहिलेको परिस्थितिमा सकारात्मक ठहरिनेछ।

खनालका अनुसार अहिलेको अवस्थामा सबैभन्दा ठूलो वामपन्थी शक्ति नेकपा एमाले भएकाले त्यसले नै बाँकी वामपन्थी घटकहरूलाई एकतावद्ध गर्न अगुवाइ गर्नुपर्ने आवश्यकता रहेको छ। उनले एमालेको नेतृत्व अहिले विविध समस्याबाट आक्रान्त देखिएको उल्लेख गर्दै त्यो समाधानको खोजीमा भण्डारीको सक्रियता अर्थपूर्ण हुने बताएका छन्।

यस अभिव्यक्तिले वामपन्थी राजनीति पुनःगठित हुने संकेत देखिन थालेको त होइन भन्ने प्रश्न पनि राजनीतिक वृत्तमा उठ्न थालेको छ।

सम्बन्धित समाचारहरु

Advertisement

Trending News

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

कलम मिडिया एण्ड मार्केटिङ म्यानेजमेन्ट प्रा.ली

मध्यपुर थिमी- गठ्ठाघर, भक्तपुर

015900477, 9851003160

kalampatra@gmail.com

© Kalam Patra All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.