१४ असार २०८२, शनिवार

गठबन्धन सरकार ‘लठबन्धन’ मा परिणत: पूर्वमन्त्री लम्साल

असार १४ । नेकपा (एकीकृत समाजवादी) का सांसद तथा बागमती प्रदेशका पूर्वमन्त्री लक्ष्मण लम्सालले बागमती प्रदेशको गठबन्धन सरकारप्रति कडा असन्तुष्टि जनाउँदै ‘ठगबन्धन’ र ‘लठबन्धन’ को संज्ञा दिनुभएको छ। बागमती प्रदेशका आर्थिक विकास मन्त्री कुन्दन काफ्लेद्वारा बजेट प्रस्तुत गर्ने दिन मन्त्रालयका सचिवसँग गरिएको दुर्व्यवहारप्रति सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गर्दै लम्सालले सरकारको कार्यशैली प्रति गम्भीर प्रश्न उठाउनुभएको हो। उहाँले असार १ गते दिउँसो ३ बजे बजेट ल्याइने भनिए पनि राति १० बजे प्रस्तुत गरिएकोप्रति आपत्ति जनाउँदै, "सरकारले कस्तो परिपाटी बसाल्यो?" भनी व्यङ्ग्य गर्नुभएको छ।

बजेटमाथिको छलफल अनिश्चित ढंगले सारिँदै गएको र सरकारभित्र समन्वयको अभाव रहेको भन्दै लम्सालले "बजेट बिनियोजन होइन, कब्जा गर्ने अभ्यासजस्तो देखिन्छ," भन्नुभएको छ। उहाँले बजेट सर्वसाधारण नागरिकको अधिकार भएको स्मरण गराउँदै, सबैको पसिनाबाट उठेको करको दुरुपयोग नगर्न चेतावनी दिनुभयो। साथै, समन्यायिक र समानुपातिक पुर्नलेखनको माग गर्दै, दुई तिहाई बहुमत प्राप्त सरकारप्रति "कठै" भन्दै गहिरो निराशा व्यक्त गर्नुभयो।

सम्बन्धित समाचारहरु

Advertisement

Trending News

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

कलम मिडिया एण्ड मार्केटिङ म्यानेजमेन्ट प्रा.ली

मध्यपुर थिमी- गठ्ठाघर, भक्तपुर

015900477, 9851003160

kalampatra@gmail.com

© Kalam Patra All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.