२ साउन २०८२, बिहिवार

वडा अध्यक्ष सोम प्रधानद्वारा एक लाख बराबरको अक्सिजन मेसिन हस्तान्तरण

चाँगुनारायण, भक्तपुर। चाँगुनारायण नगरपालिका वडा नं. २ का वडा अध्यक्ष सोमप्रसाद प्रधानले सोही वडामा बसोबास गर्ने ८९ वर्षीया दम रोगी कृष्णमाया कट्टेललाई एक लाख रुपैयाँ बराबरको विद्युतीय अक्सिजन मेसिन घरमै पुगी हस्तान्तरण गरेका छन्।

प्रधानले व्यक्तिगत खर्चमा सो अक्सिजन मेसिन प्रदान गरेका हुन्। लामो समयदेखि दमको समस्याबाट पीडित कट्टेललाई सहज रूपमा श्वासप्रश्वास गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले मेसिन हस्तान्तरण गरिएको हो। साथै, अध्यक्ष प्रधानले अक्सिजन मेसिन प्रयोग गर्ने तरिका पनि कट्टेललाई स्वयं सिकाएका थिए।

नेपाल रेडक्रस सोसाइटी, भक्तपुर ब्लड बैंकका संयोजकसमेत रहेका प्रधानले रगत अभावमा पर्ने बिरामीलाई तुरुन्तै रगत उपलब्ध गराउँदै आएका छन्।

अक्सिजन मेसिनले सजिलो भएको अनुभव सुनाउँदै कृष्णमायाले वडा अध्यक्षप्रति आभार प्रकट गर्दै सधैं समाजसेवामा लागिरहन आशीर्वाद दिएकी थिइन्।

सम्बन्धित समाचारहरु

Advertisement

Trending News

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

कलम मिडिया एण्ड मार्केटिङ म्यानेजमेन्ट प्रा.ली

मध्यपुर थिमी- गठ्ठाघर, भक्तपुर

015900477, 9851003160

kalampatra@gmail.com

© Kalam Patra All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.